नियम २२
जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव उपर छलफल र निर्णय
(१) जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावमा नियम २१ को उपनियम (५) बमोजिम कुनै संशोधन प्राप्त भएको भए संशोधनकर्ता सदस्यलाई संशोधन पेश गर्नुको कारण सहित छलफलमा भाग लिन सभामुखले अनुमति दिनेछ ।
(२) संशोधनकर्ता सदस्यले आफ्नो संशोधन पेश गरेपछि जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव उपर संयुक्त बैठकमा छलफल हुनेछ ।
(३) छलफलको अन्तमा जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव प्रस्तुतकर्ता सदस्यले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछ ।
(४) जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव प्रस्तुतकर्ता सदस्यले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि सभामुखले छलफल समाप्त भएको घोषणा गरी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछ ।
(५) जनमत सङ्ग्रह सम्बन्धी प्रस्ताव संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा प्रस्ताव पारित भएको मानिनेछ ।
(६) जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावमाथि संयुक्त बैठकको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजनद्वारा गरिनेछ ।